
काठमाडौं, ५ फागुन-
१२ औं दक्षिण एशियाली खेलकुदमा भारतलार्इ हराउँदै स्वर्ण बिजेता नेपाली फुटवल टोलीलाई सरकारले स्वर्ण विजेता फुटबल टोलीका सदस्यहरुलाई जनही ५ लाख दिने घोषणा गरेको छ ।
नेपालले चिरप्रतिद्वन्द्वी भारतलाई उसकै घरेलु मैदानमा हराएर २३ वर्षपछि सागको पुरुष फुटबलमा स्वर्ण जितेको थियो । स्वर्ण जित्ने नेपाली खेलाडी झापा हुँदै काठमाडौं आएका हुन् । उनीहरुलाई झापा नै राम्रो स्वागत भएको थियो ।
काठमाडौंमा भने हजारौं फुटबल समर्थन सडकमा निस्किए । खेलाडीहरुको स्वागतका लागि कलाकारदेखि फुटबल समर्थकहरु त्रिभवन अन्तर्राष्ट्रिय बिमानस्थल पुगेका थिए ।
समर्थकको बाक्लो उपस्थितिमा खेलाडीहरुलाई नेपाली सेनाको गाडिमा राखेर नगर परिक्रमा गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
