हिजो ९ जना फेवातालमा खसेपनि आज सफलरुपमा प्याराग्लाइडिङको प्रि–वल्र्ड कपका खेल भए

Share:

पोखरा १९, फागुन-
पोखरामा प्याराग्लाइडिङको प्रि–वल्र्ड कप प्रतियोगिता सुरु भएसंगै गत शनिबार देखि मौसममा खराबी हुदै आए पनि बुधबार प्रतियोगिताको अवधिमा भने समयले साथ दिएको छ । प्रतियोगिता सुरु हुनु पुर्व विहान देखि राम्रो मौसम खुलेको थिएन भने प्रतियोगिताको अवधिमा करीब ४÷५ घण्टा मौसमले पुरा साथ दिदा टाक्सको तेश्रो दिन अर्थात बुधबारको खेलमा निर्धारित ६१ किलोमिटरको निर्धारित दुरी (टाक्स) पुरा गर्न सफल भएको प्रतियोगिताका प्राविधिक संयोजक रविन गुरुङले बताए ।
बुधबार करीब ५ः३० बजे पछि पोखरा क्षेत्रमा हल्का हावा हुरीसंगै पानी परेको थियो । गत शनिबार देखि सुरु भएको प्रतियोगितामा मौसमले साथ नदिदा अंक जोडिने गरी भएको प्रतियोगिताको पहिलो दिन विचमै टाक्स घटाउनु पर्यो त्यसै गरी दोश्रो दिन स्थगीत र तेश्रो दिन मंगलबार बिचमै टाक्स घटाउनु पर्यो र चौथो दीन मात्र मौसमले पुरै साथ दिएकोले तोकिएको ६१ किलोमिटरको दुरी सकिदा सम्म मौसममा कुनै समस्या नआए पछि प्रतियोगिहरुले तोकेको स्थानमा सुरक्षित अवतरण गर्न सफल भएको आयोजक हवाई खेलकुद संस्था ना का अध्यक्ष योगेश भट्टराईले बताए ।
बुधबार पुरा टाक्स भएकोले वल्र्ड कपको लागि आवश्यक पर्ने न्युनतम तीन दीनको टाक्स पुरा भएको उनले बताए । फागुन २२ गतेलाई रिवर्ज डेको रुपमा राखिएकोले अबको अबस्थामा शनिबारको दिन प्रतियोगिताको लागि आवश्यक नपरेको समेत उनले जनाए । बुधबार मध्यान्हः १२ः४५ बजे सराङकोटबाट उडान सुरु भएको प्रतियोगिता सराङकोट तोरीपानी लगायको क्षेत्रमा दुरी निर्धारण गरीएको थियो । प्रतियोगिहरुलाई ३ः४५ बजे भित्रमा उक्त टाक्स पुरा गर्न प्राविधिक टोलीले समय सिमा दिएको थियो । मंगलबार हावाको चापको कारणले गर्दा फेवातालमा खसेर उद्धार गरीएका ८ जना पाईलटहरुले बुधबारको खेलमा सहभागि जनाएको प्राविधिक संयोजक गुरुङले जनाए ।
प्रतियोगिता अन्र्तगत गत आइतबार र हिजो मंगलबारको टाक्सको आधारमा आइतबारको खेलमा ईरिसका सहिन फल्लाज अग्र स्थानमा रहेका छन । उनी दुई दिनको टाक्सको आधारमा १ हजार ४ सय ९८ अंकका साथ अग्र स्थानमा रहन सफल भएका हुन । त्यसै गरी रसियाका ग्लेव सुखोत्सकीले दुई दिनको टाक्समा १ हजार ४ सय ९३ अंक ल्याउदै दोश्रो स्थानमा रहेका छन । महिला तर्फ भने कोरीयाकी हुन हिकीम अग्र स्थानमा रहन सफल भईन । उनले दुई दिनको टाक्समा १ हजार ४ सय १ अंक ल्याउदै अग्र स्थाना रहन सफल भएकी हुन ।
त्यसै गरी नेपाली प्यराग्लाईडिङ पाईलटहरु मध्य दुई दिनको टाक्समा कृष्ण सुनुवार अग्र स्थानमा रहेका छन । उनले १ हजार ४ सय २० अंक ल्याउदै नेपाली तर्फ अग्र स्थानमा रहन सफल भए । प्रतियोगिहरुको अंक ग्लोवल पोजीजनीङ सिस्टम (जिप्ीाएस) को आधारमा हुने गर्दछ । हाल ९६ जना प्रतियोगिहरुको जीपीएस सिस्टमबाट कम्पुटरमा डाउनलोड गर्दा राति अवेरसम्म लाग्ने भएको आजको नतिजा समयमै दिन नसकिने भएको प्रतियोगिताका संयोजक कृष्ण भण्डारीले बताए ।

कमेन्ट गर्नुहोस्
Share: