
रेम बिक, पोखरा, १८ जेठ । विग एफएमको वार्षिक रेडियो ईभेन्ट ‘गुडलक ०७१’का विजेताहरु पुरस्कृत भएका छन् । कलर्स मोबाईलसंगको सहकार्यमा यो पटक नयाँवर्षको अवसर पारेर विग एफएमले चलाएको रेडियो गेम शोमा सात जनाले मोबाईल जितेका हुन् । विग एफएममा भएको एक विशेष कार्यक्रमका बिच विजेताहरुले कलर्स मोबाईल प्राप्त गरे ।
टेली टक प्रालिका लागि कलर्स मोबाईलको एरिया सेल्स म्यानेजर दिपक थापाले विजेताहरुलाई मोबाईल वितरण गरे । ३४ हजार स्रोताले सहभागिता जनाएको रेडियो गेम शो मा पुजा बाँस्तोला, प्रमिला गुरुङ, प्रतिक्षा बाँस्तोला, रामप्रसाद गौतम, तारा सुवेदी, सोशिभ भुर्तेल र सुवास शर्माले मोबाईल जितेका हुन् ।
मोबाईल वितरण गर्दै सेल्स म्यानेजर थापाले विग एफएमको रेडियो गेम शो मार्फत आफ्नो उत्पादनको प्रोमोशन गर्न पाउँदा खुशि लागेको बताए । आगामी दिनमा पनि कलर्स मोबाईलले विग एफएमको गेम शो हरुमा सहकार्य गर्ने उनले प्रतिबद्धता जनाए । कलर्स मोबाईलले नयाँवर्षे रेडियो गेम शो गुडलकको दुई वटा सँस्करणमा सहकार्य गरिसकेको छ ।
स्रोताहरुसंगै खुशि साट्ने उद्देश्यले रेडियो गेम शोहरु गर्दै आएको विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले बताए । गेम शो मार्फत कलर्स मोबाईल कम्पनी र स्रोताहरुबिचको माध्यम बन्न पाउँदा आफुहरुलाई समेत खुशि लागेको उनले बताए । आगामी दिनमा पनि स्रोता र व्यवसायिक संस्थाहरुबाट यस्तै खाले सहयोगको अपेक्षा गरेको उनले बताए ।
नयाँ वर्षकै दिनबाट शुरु भएको ईभेन्ट एक सातासम्म चलेको थियो । एक सातासम्म चलेको ईभेन्टमा हरेक दिन एक जनाले कलर्स मोबाईल जितेका थिए । एफएमबाट सोधिएको प्रश्नको सहित उत्तर दिएका मध्येबाट हरेक दिन लक्की ड्र मार्फत मोबाईल जितेको एफएमका मार्केटिङ को–अर्डिनेटर उदीपराज ढुंगानाले बताए । कार्यक्रम अन्तरगत स्रोताहरुलाई हरेक दिन छुट्टाछुट्टै प्रश्न सोधिएको थियो ।
विशेष गरि रेडियो गेम शो कै कारणले पश्चिमाञ्चलको नम्बर वान एफएम बन्न सफल विग एफएमले चाँडै नै गायन प्रतियोगिता ‘विग आईकन’ गर्ने जानकारी दिएको छ । विग आईकनका लागि अहिले आवेदन फाराम वितरण भैरहेको छ । चाँडै विग आईकनको पछिल्लो सँस्करण शुरु हुने एफएमका अध्यक्ष महेश भण्डारीले बताए ।
