पोखरा, १९ जेठ / सवारी दुर्घटनामा परी गम्भिर घाईते पत्रकार बसन्तराज अधिकारीको उपचार सहयोगको लागि पोखराका पत्रकारहरुले शुरु गरेको आर्थिक संकलन अभियानमा अहिले सम्म १ लाख १३ हजार ४ सय ५ रुपैया सहयोग घोषणा भएको छ । त्यो मध्ये अधिकारीलाई सोमबार ३० हजार रुपैया सहयोग प्रदान गरेका छन् भने उनको बैंक खातामा ५८ हजार रुपैया जम्मा भैसको छ ।
अधिकारीको सहयोगका लागी पछिल्लो समय अष्ट्रेलियाबाट हिमाल नेपाल डटकमका सञ्चालक रविन्द्र हेमन्त पौडेलले १० हजार, पोखराका पर्यटन व्यवसायी बसन्त दवाडीले ७ हजार ५ सय, गोपी भट्टराईले ३ हजार रुपैया, कृष्ण आचार्यले ५ सय रुपैया प्रदान गरेका छन् । त्यसै गरि फाइट कनेक्सन ट्राभल्स एण्ड टुरका सन्चालक शसि लामिछानेले ५ हजार रुपैया, रेवान पोखराले ५ हजार, नाटा पोखराका पुर्व अध्यक्ष केदार शर्माले २ हजार १ सय, किशोर दाहालले १ हजार १ सय र नरेन्द्र बास्तोलाले १ हजार रुपैया, पर्यटन व्यवसायी हरी पहारी १ हजार रुपैया सहयोग प्रदान गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत सुरु भएको अभियानमा अधिकारीको सहयोगका लागी सभासद् रविन्द्र अधिकारीले ५ हजार रुपैया, नेपाल पत्रकार महासंघ तनहुँ शाखाले १२ हजार २ सय ५० रुपैया, गणेश पौडेल, राधिका कडेल, गोकुल बानियाँ, रेम विक, बोधराज रेग्मी, प्रदिप पौडेल एक÷एक हजार रुपैया, पत्रकार गिता रानामगर, अमृता गुरुङ सहयोगको घोषणा गरेका छन् । स्वत स्फुर्त रुपमा सहयोग रकम घोषणा गर्ने क्रम जारी छ ।
अधिकारीका सहयोगका बेलायतमा रहेकी पार्बती गुरुङले २० हजार ५ रुपैया, पोखराका पर्यटन व्यवसायी तथा बुम¥याङ रेष्टुरेण्ट एण्ड बारका सन्चालक गणेश भट्टराईले १० हजार रुपैया, नेपाल पर्यटन बोर्ड पोखराकी प्रमुख श्रद्र्धा श्रेष्ठले १० हजार रुपैया, पोखरा अल्ट्रालाइट प्रालिका तर्फबाट ५ हजार रुपैया, विजय नेपाल र रिजन नेपालको तर्फबाट १ हजार रुपैया, पत्रकार सुरेन्द्र पौडेल र रबिना पौडेलको तर्फबाट दुई हजार रुपैया, सन्तोष पोखरेल, सागरराज तिमिल्सिना, माधव पनेरु र रोहीतराज पराजुलीले एक÷एक हजार रुपैया, सामुदायिक प्रहरी सेवा केन्द्रकी पूर्ब अध्यक्ष सिता गुरुङ र दिपक पौडेलले जनही पाँच सय रुपैया सहयोग गरेका छन् ।
गत बैंशाख २० गते पोखराबाट काठमाण्डौ जाने क्रममा धादिङको बैरेनीमा सगुन यातायातको माईक्रोबस दुर्घटनामा परी घाईते अधिकारीको काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचार पछि बुधबार पोखरा ल्याएको छ । कान्तिपुर टेलिभिजनको पोखरा संबाददाता अधिकारीलाई झण्डै एक बर्ष बेड रेष्टको आबश्यकता पर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
