​चीनबाट ग्यास ल्याउन प्रयत्न गर्नुपर्छ : प्रचण्ड

241
0
Share:

काठमाडौं, फागुन २९–
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बजारमा खाना पकाउने ग्यासको अभाव हटाउन आफूले सक्दो पहल गर्ने र चीनबाट समेत आयात गर्ने विषयमा सरकारसँग कुरा गर्ने बताउनुभएको छ ।

ग्यास विक्रेता महासंघका प्रतिनिधिमण्डलबाट शनिबार ज्ञापनपत्र बुझ्दै उहाँले ग्यासको सहज आपूर्तिका लागि सबै प्रकारको विकल्प अपनाइने र त्यसमा कुन सहज विकल्प हुन्छ छलफल गरेर परिणाम दिन आफू तयार रहेको बताउनुभएको थियो ।

कालोबजारी रोक्ने जिम्मा सरकार र व्यवसायी दुबैको उत्तिकै रहेको भन्दै उहाँले जनतालाई सहज सेवा दिनुभन्दा पनि बजारमा अनावश्यक रुपमा कालोबजारी र अनियमितता मौलाएकोमा उद्योगी व्यवसायीको समेत ध्यानाकर्षण गराउनुभएको थियो ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले ग्यासको आपूर्ति सहज बनाउन एक ज्ञापनपत्र बुझाएको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
Share: