काठमाडौं, जेठ २१ –यही महिना हुन गइरहेको फिफा विश्वकप फुटबल प्रतियोगितका लागि लक्षित गरेर कोकाकोलाले तयार गरेको एन्थममा नेपालको चर्चित ब्याण्ड १९७४ लाई पनि समावेश गरिएको छ ।
‘वल्र्ड इज अवार्स’ बोलको गीतलाई विश्व भरीका १२० संगीतकार र निर्माताहरुले ‘रिमिक्स’ गरेर तयार गरेका हुन् । यस गीतलाई २४ वटा स्थानीय भाषामा पनि तयार गरिएको छ । यसका लागि उनीहरुले करिब ३०० घण्टा स्टुडियोमा काम गरेको कम्पनीले जनाएको छ ।
अहिले बेलायतको टुरमा रहेका १९७४ का ब्याण्डका सदस्यहरुले विश्वभरका कालाकारहरुमध्यै आफूहरु पनि समावेश गरिएकोमा सामाजिक सञ्जाल फेसबुकमा खुसी व्यक्त गरेका छन् ।
https://www.youtube.com/watch?v=kIWH6pi2K_k
कमेन्ट गर्नुहोस्
