त्रिवेणी संगीतालयमा ‘बिग आईकन’को चर्चा

Share:

रेम बिक, पोखरा २४ जेठ । त्रिवेणी संगीतालयले साप्ताहिक रुपमा गर्दै आएको साँगीतिक कार्यक्रमको पछिल्लो श्रृंखला शनिबार सकिएको छ । संगीतालयमा संगीत प्रशिक्षण लिईरहेका विद्यार्थीहरुले शनिबारिय कार्यक्रममा विभिन्न विधाका साँगीतिक प्रस्तुतीहरु राखेका थिए ।

आजको शनिबारिय श्रृंखलामा विग एफएमका अध्यक्ष महेश भण्डारीको पनि विशेष उपस्थिती रह्यो । विग आईकनको पछिल्लो सँस्करण शुरु हुन लागेको छेकोमा संगीतालयको कार्यक्रममा पुगेका उनले त्यहाँका विद्यार्थीलाई विग आईकनमा सहभागिताको लागि आह्वान समेत गरे ।

‘विग आईकन हामीले तपाँईहरुजस्तै साँगीतिक प्रतिभाहरुका लागि आयोजना गर्दै आएका छौँ ।’ कार्यक्रममा उनले भने–‘त्यसैले यहाँहरुले सहभागिता जनाउन आवश्यक छ ।’ विग आईकनको सँस्करण शुरु भएसंगै पोखराको त्रिवेणी संगीतालयका उत्पादनले विग आईकनमा गतिलो प्रस्तुती दिँदै आएका छन् । पहिलो विग आईकनको टप टेनमा पुग्ने सबै सहभागिहरु त्रिवेणी संगीतालयकै उत्पादन भएको संगीत गुरु नवराज बरालले जानकारी दिए ।

‘हरेक विग आईकनमा हाम्रा विद्यार्थीहरु विजेता, उपविजेता समेत बनेका छन् ।’ उनले भने–‘विग एफएमको यो ठुलो ईभेन्ट हाम्रा विद्यार्थीहरुका लागि गतिलो मञ्च बन्दै आएको छ ।’ यो पटक पनि त्रिवेणी संगीतालयबाट ४५ भन्दा बढि विद्यार्थीले विग आईकनकै लागि तयारी गरिरहेको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: