
पोखरा, १४ बैशाख-
नेपाल मोवाईल वितरण संघ पोखराका शाखाको संयोजकमा शिवराज पहारी चयन भएका छन् ।
पोखरामा रहेर गण्डकी धौलागिरिमा मोवाईल होलसेल विक्री वितरण गर्दै आएकाहरु वीच भएको भेलाले पहारीलाई संयोजकमा चयन गरिएको हो ।
संघको सदस्यहरुमा शुशिलकुमार गुरुङ, दिनेश श्रेष्ठ, जीवन ढुड्डाना, नारायणप्रसाद सिग्देल, मनोहर श्रेष्ठ, लक्ष्मण खरेल, विनोद केसी, सुनिल श्रेष्ठ, रामचन्द्र पाण्डे, रमेश गौतम, मित्र कुँवर र नवराज वराल रहेका छन् ।
संघले होलसेलर र खुद्र विक्रेताहरुवीच शुभकामना आदान प्रदान कार्यक्रम समेत गरेको संघका सदस्य जीवन ढुड्डानाले जानकारी दिए । होलसेलर र खुद्रा व्यवसायी वीचको सम्बन्धलाई सुमधुर पार्नका लागि नयाँ वर्षको उपलक्ष्य पारेर शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल मोवाईल वितरण संघ पोखराका शाखाका अध्यक्ष शिवराज पहारीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य जिवन ढुड्डानाले कार्यक्रम सञ्चालन गरेका थिए ।
