पवन पौडेल असार ७, तनहुँ । सवारी दुर्घटनामा परी घाइते एक युवकको उपचारका क्रममा ज्यान गएको छ । चोकचिसापानी ७ स्थित डुम्रे–बेसिसहर सडक खण्डमा जीप र मोटरसाइकल ठोक्किंदा घाइते बनेका लमजुङ बेसिसहरका नन्दमान श्रेष्ठको उपचारका क्रममा शनिबार ज्यान गएको हो ।
डुम्रेबाट वेशिसहर जाँदै गरेको ग १ च ७२४९ नम्बरको जीप र विपरित दिसाबाट आइरहेको ग ७ प ४१९१ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक श्रेष्ठ घाइते भएका थिए । उनको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक राजकुमार सिलवालले जानकारी दिए । ठक्कर दिने जीप र चालक प्रहरी नियन्त्रणमा छन् ।
कमेन्ट गर्नुहोस्
