खाेलाले जीप बगाउँदा एकैघरका ३ जनाकाे मृत्युु

256
0
Share:

प्यूठान, २६ वैशाख-

दाङको तुलसीपुर–१९ बाट गइ प्यूठानको स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेका यात्रु चढेको बा१४च ३८३९ नम्बरको जिप प्यूठानको भिङग्री–१ स्थित खहरे खोलाले शनिबार साँझ बगाउँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङ तुलसीपुर–१९ की अजिता खनाल, विमला खनाल र सुखदेव खनाल रहेको प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए । मृतक तीनैजना एकै परिवारका रहेको बताइएको छ ।

उक्त घटनामा अरु पाँचजना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ ।

पानी परिरहेको अवस्थामा खहरे तर्न लाग्दा एक्कासि आएको बाढीले सो गाडी बगाएको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: