
रञ्जन अधिकारी पोखरा, २२ असार / पोखरा ६ लेकसाइडस्थित डिहीकोपाटनमा बुधबार दिउँसो मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङ घर भएका २० वर्षीय सुरज पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
घाइते पौडेलको उपचारका क्रममा गण्डकी मेडिकल कजेलमा मृत्यु भएको हो । मृतक पौडेलको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । ग ८ प ७२८४ र ग ५ प ४९२९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा जरेवरका सन्तु गुरुङ गम्भीर घाइते भएका छन् । २२ वर्षीय घाइते गुरुङको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।
दुबै मोटर साइकल चालक रहेको प्रहरीले जानकारी दिएको छ । उनको अवस्था गम्भीर रहेको बताईन्छ । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रत्यक्षदर्शीले एउटा रातो रंगको सवारी पनि ठक्कर खाएको बताएका छन् । रातो सवारीको पनि खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।
