पोखराको सिद्धार्थचोकमा बर्षापछि आएको बाढीले बगाएर एकजनाको मृत्यु

Share:

पोखरा, १६ भदौ-
पोखरामा बुधबार राती बर्षापछि आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ । सिद्धार्थचोकको सडकमा हिँडिरहेकी दाङकी ४० बर्षीय मीना भण्डारीको बाढीले बगाएर मृत्यु भएको हो ।

सिद्धार्थचोकस्थित नालामा खसेर पानीले बगाएकी उनको शव ४ किलोमिटर तल फेवातालको किनार नजिकै भेटिएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ ।

सडकमा नालाको ढक्कन खुल्ला रहेको र ठूलो बर्षाका कारण खुल्ला नदेख्दा उनी नालीमा खसेर बगेकी थिइन् ।

मृतकको शव पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: