
पोखरा, ७ असोज-
स्वर्णकार कल्याण समिति कास्कीले बुधबार एक कार्यक्रमको आयोजना गरी पोखरा उद्योग वाणिज्य संघमा नवनिर्वाचित ४ सदस्यलाई बधाइ ज्ञापन गरेको छ । समितिले सुनचाँदी व्यवसायी संघ कास्की अध्यक्ष चन्द्रकिशोर गौतम, नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्की अध्यक्ष किसान सुनार, संगीत प्रशिक्षण केन्द्रका निवर्तमान अध्यक्ष एवं लायन्स क्लब अफ पोखरा भैरबका संस्थापक अध्यक्ष सुरेन्द्रमान विजुक्छे र महिला उद्यमी सीता बराललाई बधाइ ज्ञापन गरेको हो ।
कार्यक्रममा स्वर्णकार कल्याण समिति अध्यक्ष राजु गौतमले नवनिर्वाचित सदस्यलाई बधाइ दिदै पोखरा उद्योग वाणिज्य संघमा प्रभावकारी भूमिका खेल्न सुझाव दिए । उनले हाल सुनचाँदी व्यवसायी र कालिगढबीच ज्यालामा अन्तर देखिएकोले समयसापेक्ष परिमार्जन गर्नुपर्ने माग गरे । निर्वाचित सदस्यहरुले समितिको मागलाई सकारात्मक रुपमा लिएको भन्दै आगामी बैठकबाट सम्बोधन गर्न सकारात्मक रहेको प्रतिवद्धता गरे । गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रुपलाल सुनारले स्वागत, महासचिव राजकुमार घिमिरे र सचिव विनय गहतराजले सञ्चालन गरेका थिए ।
