एभरेष्ट प्रिमियर लिग इपिएल आजदेखि

Share:

काठमाडौं, ८ असोज-

घरेलु क्रिकेटको सबैभन्दा ठुलो ट्वेन्टी ट्वेन्टी प्रतियोगिता एभरेष्ट प्रिमियर लिग इपिएल शनिबारदेखि सुरु हुँदैछ । १७ गतेसम्म चेल्ने प्रतियोगितामा ६ टिमको सहभागिता छ ।

प्रतियोगितामा पञ्चकन्या तेज, विशाल वारियर्स, कलर्स एक्स फ्याक्टर्स, कान्तिपुर गोर्खाज, जगदम्बा राइनोज र सगरमाथा लिजेन्ड्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

जोहरा स्पोर्टस म्यानेजमेण्ट जेडएसएमको आयोजनामा हुन लागेको प्रतियोगिता राउण्ड रोबिन लिगको आधारमा हुनेछ । प्रतियोगितामा सहभागी हरेक टिमले कम्तिमा पाँच खेल खेल्नेछन् ।

कमेन्ट गर्नुहोस्
Share: