
पोखरा, १२ असोज-
राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार पोखरा आएकी छिन् । पोखरामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी पोखरा आएकी हुन् ।
नेपाली सेनाको हेलिकप्टरबाट पोखरा आएकी भण्डठारीले विभिन्न कार्यक्रममा सहभागिता जनाउनेछिन् ।
भण्डारी बुधबार बेलुका पोखरामा बस्ने र बिहीबार पनि कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
बुधबार पोखरा आएपछि भण्डारी बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पताल ९पोखरा – कोमागाने० लाई जिल्लास्तरको मातृशिशु मितेरी अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यस पछि आज नै २ बजे रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ को आयोजनामा हुने नेशनल कन्फरेन्स अन लिटरेसी वास इन स्कुलको उद्घाटन गर्ने कार्यक्रम रहेको शर्माले जानकारी दिए ।
त्यसै गरि बिहीबार पोखराको विन्ध्यवासीनी मन्दिरमा बिहान सम्मान कार्यक्रमा सहाभागी हुने र १० बजे फेवातालको अवस्थाको अवलोकन गर्ने कार्यक्रम रहेको शर्माले जानकारी दिए ।
त्यसै गरी बिहीबार नै कास्कीको लुम्लेमा रहेको कृषि अनुसन्धान केन्द्रको अवलोकन पछि काठमाडौ फर्किने कार्यक्रम रहेको शर्माले जानकारी दिए ।
