सभागृहचोकमा शटरभित्र बस, धादिङका गिरीको मृत्यु

Share:

पोखरा ३२ असार । पोखराका सभागृहचोकमा बाइक्रोबसको ठक्करबाट एक बटुवाको मृत्यु भएको छ । पोखराको बगरबाट सभागृह हुदै लेकसाइड जान लागेको ग १ ख ३८८६ नम्वरको माइक्रोबस सडकपेटी छाडेर शटरमा पुगेपछि फुटपाथमा हिडि रहेका धार्दिङ जिल्ला सुनौलबजार घर भैहाल पोखरामा भरिया काम गदै आएका २४ वर्षिय गोविन्द गिरीको मृत्यु भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको थियो । तिव्र गतिमा आएको माइक्रोबसले सडक छेउको बार भत्काउदै सभागृहचोकमा रहेको तिब्वतियन क्याम्पको सटमा समेत ठक्कर दिएको थियो । ठक्करले शटरमा समेत क्षती पुगेको छ । माइक्रोबसले पार्किङ गरि राखेका एक मोटरसाइकल र स्कुटरमा समेत क्षर्ति पुयाएको छ ।

सडक छेउमा पार्किक गरेको ग ६ प ६१ ४७ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा पूर्ण रुपमा क्षतिग्रस्त पुगेको छ । त्यस्तै ग ३ प ९६९० को स्कुटरमा सामान्य क्षति पुगेको छ । घटना विहान साढे आठ भएको थियो । बस चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए ।

Photo: Jamuna Barsha Sharma

कमेन्ट गर्नुहोस्
Share: