
पोखरा, ३ मङ्सिर–
भोलिदेखि सुरु हुने लायन्स मल्टिपल फेलोसिप कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।
पोखराको प्रदर्शनी केन्द्रमा सुरु हुने कार्यक्रममा मुलुकभरका झन्डै सात हजार लायन्स प्रतिनिधिको सहभागिता रहने छ ।
कार्यक्रममा महिला कबड्डी, हाजरीजवाफ प्रतियोेगिता, भलिबल, फुटबल, रस्साकस्सी, युगल नृत्य, म्युजिकल चियर, अन्तर लायन्स डिस्ट्रिक्ट दोहोरी प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम र मौलिक खानाका विभिन्न परिकार हुने कार्यक्रमका मिडिया संयोजक सुदिपराज ढुङ्गानाले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
