
पोखरा, ८ मंसिर-
कास्कीको कास्कीकोटमा आज भएको अल्ट्राइट विमान दुर्घटनामा परी गम्भीर घाईते भएका चालकको मृत्यु भएको छ ।
ह्याङग्लाइडर उडाउने क्रममा एभिया क्लवले पोखरामा सञ्चालन गर्दै आएको अल्ट्रालाइट जहाज दुर्घटना हुँदा एभिया क्लवमा कार्यरत रसियन पाइलट अलेक्जेन्डर म्याक्सिमोभको मृत्यु भएको हो ।
क्यानेडियन महिला जिलेनी भोल्कर घाइते भएकी छिन् । उनको अस्पतालमा उपचार भइरहेको छ । ९ एन–एएलएल कलसाइन भएको ड्रागन विमान दुर्घटनामा परेको हो।
‘ विमान भुईं छाडेर केही माथि पुग्नासाथ सन्तुलन बिग्रेपछि दुर्घटना भएको एभिया क्लवका म्यनेजर रिजन रिजालले बताए । मृतक म्याक्सिमोभले विगत १४ वर्षदेखि पोखराको आकाशमा अल्ट्रालाइट जहाज उडाउँदै आएका थिए ।
कमेन्ट गर्नुहोस्
