शिव परियारले आज शनिवार सिटी रेवान महोत्सव ततााउने

Share:

कोकिल पौडेल

पोखरा मंसिर ११ –
पोखरामा जारी सिटी रेवान महोत्सव तथा फुड फेस्टीवल २०७३ मा आज शनिवार पनि दर्शकहरु साँगितिक माहोल सँगै हास्य व्यङगमा रम्न पाउने भएका छन । हरेक दिन विभिन्न विधाका चर्चित गायक गायीकाहरुलाई स्टेज प्रदान गर्दे आएको आयोजकले शनिवार पनि पप कन्सर्ट र लोकदोहोरि धमका हुने जनाएको छ ।

महोत्सवमा आज शुक्रवार लोकदोहोरि तर्फ पुरुसोत्म न्यौपाने, इन्द्र गुरुङ, पार्वती जिसि, शिवहरी ढुङगाना, मञ्जु विक, शंकर विरहि गुरुङ ले दर्शकलाई नचाउने छन ।  त्यस्तै वेलुकी पख हुने सुगम संगित र पप कन्सर्टमा चर्चित गायक शिव परियार सँगै निनान्द व्याण्डको प्रस्तुति रहने पप कन्सर्ट तर्फका संयोजक जिवन गुरुङले जानकारी दिएका छन । त्यस्तै चर्चित हास्यकलाकार राजा राजेन्द्र को प्रस्तुति पनि रहने छ ।
महोत्सवमा हिजो वद«ी पङगेनी, शंकर विरही गुरुङ, जिवन दाहाल, दिलु लामा, टेक क्षेत्री र सिता परियारले प्रस्तुति राखेका थिए । त्यस्तै वेलुकी पख पप भएको पप कन्सर्टमा गिरिस खतिवडा, कोरस व्याण्ड, सरुन गुरुङ र सुरज थापाले स्टेज तताएका थिए ।

पोखरा नगर होटल रेष्टुरेण्ट तथा बार एशोसियसन ९पोखरा सिटी रेवान० कास्कीको आयोजनामा भएको महोत्सवमा हरेक दिन आकर्षक नृत्य प्रस्तुत गर्ने एस के डान्स स्कुलका विद्यार्थीहरुले सोमवार पनि त्यसलाई निरन्तरता दिएको संयोजक गुरुङले बताए । मंसिर १२ गतेसम्म पोखरा रङ्गशालामा संचालन हुने पाँचौं संस्करणको उक्त महोत्सवमा बैंकीङ, लक्ता कपडा, सुचना प्रविधि, रेष्टुरेण्ट लगायतका एक सय ४ वटा स्टलहरु रहेको पोखरा सिटी रेवानका अध्यक्ष केपी शर्मा पाध्याले बताए ।

महोत्सवलाई थप आकर्षण बनाउन अन्तर समाज दोहोरी गीत, ढिडो खाने प्रतियोगिता, पप कन्सर्ट, राष्ट्रिय चर्चित हाँस्य कलाकारको प्रस्तुति, २५ देखि ४० वर्ष उमेरसम्मका एकल महिला नृत्य र रत्यौली प्रतियोगिताको आयोजना गरिएको पाध्यले जनाए ।
महोत्सव ८० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव सम्पन्न गर्नका लागि ३९ लाख ८५ हजार खर्च हुने र ४४ लाख ५५ हजार आम्दानी हुने अनुमान गरिएको महासचिव दिपक तिमिल्सिनाले बताए। महोत्सवबाट बचेको रकमबाट १० प्रतिशत पर्यटन प्रवद्र्धन र पाँच प्रतिशत असहाय बालबालिकाको लागि सहयोग गर्ने उनले बताए ।

नेपाल सम्वत ११३७ को अवसरमा पोखरामा जारी सटी रेवान महोत्सव तथा फुड फेस्टीवलमा ११३७ वटा अण्डाको एउटा अम्लेट पकाईने भएको छ । महोत्सवका अण्डा फुलवारी संयोजक सागर लुईटेलका अनुसार महोत्समा आकषर्णको रुपमा मंसिर ११ गते शनिबार उक्त अण्डा एउटै भाडामा पकायर उक्त अम्लेट दर्शकहरुलाई वितरण गरीने छ ।

उक्त महोत्सवमा अवलोकन गर्न जाने दर्शकलाई नेपाल टेलिकमबाट प्रदान हुने प्रिपेड मोवाइलको सिम कार्ड निशुल्क प्रदान गरिएको छ । महोत्सवको प्रबेस शुल्क ८० रुपैया रहेको छ भने उक्त सिम कार्डमा ५० रुपैया व्यालेन्स हुने छ । उक्त सिमकार्ड लिनको लागि दर्शकले आफ्नो परिचय खुल्ने नागरीकताको वा कुनै परिचयपत्रको फोटोकपि र पासवोर्ड साइजको फोटो साथमा लैजानु पर्ने छ ।

कमेन्ट गर्नुहोस्
Share: