माओवादी छाडेर राप्रपामा प्रवेश गरेपछि रेखा थापाले भनिन्ः निकै ‘एक्साइटेड’ र हर्षित छु

205
0
Share:

काठमाडौँ, २७ मङ्सिर-
चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश रेकी छिन् ।
आज आयोजित एक कार्यक्रमबीच राप्रपा अध्यक्ष कमल थापाले नवप्रवेशी थापालाई टीका र माला लगाएर स्वागत गरे ।

आफूले चार वर्षदेखि विभिन्न राजनीतिक पार्टीको अध्ययन गरिरहेको र राप्रपासँग भावना मिलेकाले पार्टी प्रवेश गरेको नायिका थापाले बताइन् ।

राजनीतिक हिसाबले पहिलो र अन्तिम घर नै राप्रपा भएको बताउने थापाले अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता नलिएको खुलासा पनि गरिन् ।

“म हिन्दू नारी हुँ, राष्ट्रवादी केटी भएकाले आफ्नो विचार राप्रपासँग मेल खाएकाले लागेकी हुँ, निकै ‘एक्साइटेड’ र हर्षित छु,”– उनले भनिन्।

आफूले खेलेको नेपाली चलचित्र दुर्गा, काली र चम्पाजस्ताको भूमिकाले आफ्नो सिद्धान्त र स्वभावलाई पुष्टि गर्ने उहाँको भनाइ थियो । यसअघि चर्चित गायिका कोमल वली राप्रपामा प्रवेश गरेकी थीइन् ।

कमेन्ट गर्नुहोस्
Share: