अचम्म !पोखरा विश्वविद्यालयमा बेथिति, आँफै परीक्षा लिने, आँफै उत्तिर्ण हुने

Share:

पोखरा, पुष ८, माधब पनेरु ।
पोखरा विश्वविद्यालयको सेवा आयोगको पछिल्लो आन्तरिक प्रतिस्पर्धामा प्रतिस्पर्धी उमेद्वारले नै परीक्षा सञ्चालन गरेको पाइएको छ । आयोगका एक मात्र कर्मचारी मुकुन्दराज लामिछानेले आन्तरिक प्रतिस्पर्धाको परीक्षा पनि सञ्चालन गरेपछि त्यसको नतिजाको विश्वशनियतामा प्रश्न चिन्ह उठेको छ ।
गत शनिबार सम्पन्न अन्तर्वार्तामार्फत लामिछाने सहित २१ जना प्रतिस्पर्धीहरु विभिन्न पदमा पदोन्नती भएका छन् । लामिछाने पनि सोही अन्तर्वार्तामार्फत उप प्रशासकबाट सह प्रशासकमा बढुवा भएका छन् । उनले आफ्नो बढुवाको सुचना आफैंले हस्ताक्षर गरी प्रकाशित पनि गरेका छन् ।

page-2
स्रोतका अनुसार लामिछाने नतिजा प्रकाशनमा मात्र होइन दरबन्दी स्वीकृती, विज्ञापन प्रकाशन, लिखित परीक्षा सञ्चालन, लिखित कापी जाँचका लागि परिक्षक नियुक्ती, अन्तर्वार्ता सञ्चालन तथा अन्तर्वार्ताका लागि विशेषज्ञ नियुक्ती प्रक्रियामा समेत प्रत्यक्ष संलग्न थिए । यसअघि पनि विभिन्न चरणका पदोन्नतीमा उनले आफ्नो बढुवाको परीक्षा आफैं सञ्चालन गर्दै आइरहेका छन् ।

mukunda-raj-lamichhane
विश्वविद्यालयका एक जना कर्मचारीले नाम नलिने शर्तमा उनकै हठका कारण एउटै सुचनाबाट खुलेको खुल्ला पदहरुको कर्मचारी भर्ना प्रक्रिया अबरुद्ध हुँदा पनि आन्तरिक पदहरुको कर्मचारी पदोन्नती भने सुचारु भएको हो । विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष विनोद श्रेष्ठको कार्यकाल सकिन करिब एक महिना मात्र बाँकी रहँदा गरिएको यो हतारलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । स्रोत अगाडी भन्छ, “नेपाली काँग्रेस निकट मानिने श्रेष्ठले आफ्नो कार्यकाल रहँदै उनकै पार्टी निकट लामिछानेलाई बढुवा गराउने आश्वासन पहिले नै दिइसकेका थिए ।”
कास्की जिल्लाको लेखनाथ नगरपालिका वडा नं. १२ मा अवस्थित विश्वविद्यालयको सेवा आयोगको कार्यालय काठमाडौं रहनुमा र अर्काे कर्मचारीलाई त्यहाँ सरुवा हुने मौका नदिइनुमा पनि उनको हात रहेको जानकारहरु बताउँछन् । विभिन्न कर्मचारी संगठनहरु, प्राध्यापक संगठनहरु तथा विद्यार्थी संगठनहरुको विरोधका बाबजुद पनि उनको घरपायक जागिरका लागि सेवा आयोगलाई काठमाडौंबाट पोखरामा सार्न नखोजिएको उनीहरु मान्छन् । विगत १७ वर्षदेखि विश्वविद्यालयमा सेवा गरेका लामिछानेले आफ्नो राजनैतिक प्रभावका आडमा विश्वविद्यालयका हरेक पदाधिकारीहरुलाई प्रभावमा पारेर काम गर्ने गरेको चर्चा विश्वविद्यालयमा व्यापक सुनिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: