
पोखरा, ११ पुस-
रोट्र्याक्ट नेपाल रोटा वर्ष २०१७—१८ को बोर्ड चयनका लागि नवौं सम्मेलन आउँदो २२ र २३ गते पोखरामा हुने भएको छ । रोट्र्याक्ट क्लब अफ पोखरा फिस्टेलको व्यवस्थापनमा रोट्र्याक्ट डिस्ट्रिक नेपाल ३२९२ को नवौं रोट्र्याक्ट डिस्ट्रिक सम्मेलन सभागृहमा हुन लागेको हो । यसअघि आठौं सम्मेलन धरानमा भएको थियो ।
१०८ वटा रोट्र्याक्ट क्लबका प्रतिनिधिले सम्मेलनमा भाग लिने सम्मेलन व्यवस्थापनमा जुटेको क्लबले जनाएको छ । देशभरबाट १ हजारजना रोट्र्याक्ट सम्मेलनमा सहभागी हुने भएका छन् । सम्मेलन व्यवस्थापक संस्था महिला समूह सहभागी एकमात्रै क्लब हो । ‘यसपालि पोखरामा सम्मेलन गर्न पाउँदा रोट्र्याक्ट क्लब अफ पोखरा फिस्टेलले आफूलाई भाग्यमानी सम्झेको छ,’ सम्मेलन व्यवस्थापन संयोजक जेसिका तामाङले भनिन् ।
रोट्र्याक्ट क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष नरबहादुर गुरुङले देशभरका युवाहरुलाई प्रकृति संरक्षण र उद्यमशीलताका लागि सम्मेलनले हौस्याउने विचार व्यक्त गरे । ‘त्यसका अलावा पोखराको मनोरम प्रकृतिसँग साक्षात्कार गराई यहाँको पर्यटन प्रवद्र्धनमा समेत योगदान गर्नेछ,’ उनले भने । सम्मेलनको मुख्य प्रायोजन रोटरी क्लब अफ पोखरा फिस्टेलले गरेको सहप्रायोजन मेरी स्टोप्स नेपाल रहेको क्लबकी सचिव प्रतिभा केसीले बताइन् ।
