पोखरालाई टेबल टेनिसको हब बनाउन सकिने

Share:

पोखरा, २५ माघ-
राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ टेबल टेनिस प्रशिक्षक दीपक शाक्यले पोखरालाई टेबलटेनिस खेलको हब बनाउन सकिने बताएका छन् ।
कास्की जिल्ला टेबलटेनिस संघको आयोजनामा भएको छलफल कार्यक्रममा उनले पोखरा पर्यटन, साहित्य, स्वस्थ बाताबरण, फुटबल खेलमा अगाडि रहेको बताउँदै टेबलटेनिस खेलको बिकासमा पनि उल्लेखनीय कार्य गर्न सक्ने सम्भावना रहेको बताए ।

त्यसै गरि टेबलटेनिसका राष्ट्रिय खेलाडी किसन जिसिले कास्की जिल्लामा नियमित प्रतियोगिता संचालन हुन नसकेको कारण खेलाडी उत्पादनमा कमि देखिएको धारण राखेका थिए ।

सो अबसरमा जिल्ला सदस्य कृष्ण रानाभाट, निर्मल सोती, रुप गुरुङ लगाएतले संघ आर्थिक रूपमा सक्षम हुनुपर्नेमा जोड दिएका थिए । संघका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचीव फडिण्द्र तिमिल्सिनाले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: