पत्रकार महासंघ कास्कीको अधिवेशन अनिश्चितकालका लागि स्थगित

Share:

पोखरा, ३ फागुन-
पत्रकार महासंघ कास्कीको १० औं अधिवेशन स्थगित भएको छ । महासंघ कास्कीको कार्यसमिति बैंठकले अर्को सूचना जारी नभएसम्मको लागि अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । असहज परिस्थितिको कारण अधिवेशन गर्ने वाताबरण नभएपछि स्थगित गर्नुपरेको अध्यक्ष रामकृष्ण ज्ञवालीले बताए ।

प्रेस युनियनले अन्य जिल्लाको सदस्यता विवादलाई लिएर कास्कीमा पनि अधिवेशन रोक्न माग गर्दै अवरोध गरेपछि अधिवेशन हुन नसकेको हो । मंगलवार विहान ८ बजेका लागि तोकिएको अधिवेशन दिउसो ३ बजेसम्म पनि सुरु गर्ने वाताबरण नभएपछि स्थगित गरिएको हो ।

प्रेस युनियन निकटका पत्रकारहरु महासंघको कार्यालयमा उपस्थित भएर कार्यालय प्रवेशमा अबरोध गर्नुको साथै प्रकाशित निर्वाचन तालिका समेत च्यातेर फालेका थिए । प्रेस युनियन केन्द्रको निर्देशन अनुसार कास्कीको अधिवेशन पनि हुन नदिइएको कास्कीका अध्यक्ष शिरोमणी बरालले बताए । सदस्यता विवाद रहेका जिल्लाको समस्या समाधानपछि मात्रै अधिवेशन गर्नुपर्ने उनीहरुको माग छ ।

प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस सोसाईटी र क्रान्तिकारी पत्रकार संगठनले संयुक्त वित्रप्ती जारी गर्दै अधिवेशन गर्न आग्रह गरेका थिए । कास्कीमा यी चारसंगठनको संयुक्त प्यानल छ भने प्रेस युनियन र स्वतन्त्र पत्रकार महासंघको अर्को प्यानल तयार भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: