
लेखनाथ, १५ फागुन-
पर्यटन प्रवद्र्धनका लागि बेगनासताल किनारमा संचालित माछा महोत्सवको दोस्रो दिन बिभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारको मनोरंजनात्म प्रस्तुतिहरु भए । महोत्सवको दोस्रो दिन डुंगा दौड र पौडी प्रतियोगीता तथा दर्जन भन्दा बढी कलाकारको प्रस्तुती रह्यो ।
आईतवारको कार्यक्रममा विशेषगरी कलाकार सुनिल गिरीको प्रस्तुती सहित पप कन्सर्ट र मेरी वास्सैकी विमली अर्थात कलाकार शुसिला निरौला र गोपाल ढकाल – छन्दे) को हाँस्य प्रस्तुतीमा दर्शकहरुको जोडदार उत्साह देखीन्थ्यो । त्यसैगरी कलाकारहरु कृष्ण देबकोटा, राजन कार्की, शिवहरी ढुंगाना, माया गुरुगं, प्रेमराज अधिकारी, गमन गुरुगं, साजन वास्तोला, लक्ष्मी नेपाली, लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो । कलाकारले प्रस्तुत गरेका दोहोरी, एकल गित तथा नृत्यहरुमा तालि, हुटिगं र नृत्य मार्फत दर्शकहरुले कलाकारलाइ साथ दिएका थिए ।
त्यसैगरी स्थानिय डुंगा व्यवसाय प्रवद्धनका लागि आयोजना गरिएको डुंगा दौड प्रतियोगितामा यस पटक महिला प्रतियोगीको उल्लेख्य सहभागिता रहेको थियो । प्रतियोगीतामा आठ जना महिलाको सहभागिता रहेको थियो जसमा विना नेपाली, विना जलारी, सन्तोषी कँडेल, र कृष्ण कुमारी कँडेल क्रमशः प्रथम, द्धितिय, तृतीय र शान्त्वना भएका थिए । त्यस्तै खुल्ला डुंगा दौड प्रतियोगितामा सरला न्यौपाने प्रथम,पूर्ण बहादुर मगर द्धितिय, राजीव गुरुगं तृतीय र लेख बहादुर मगर ले शान्त्वना पुरस्कार पाएका थिए ।। त्यस्तै पौडी तर्फ विशल जलारी, दिपेन दुरा, रमेश नेपाली, विजय जलारी क्रमश प्रथम, द्धितिय, तृतीय र सान्त्वना भएका थिए । विजयीहरुलाइ नगद तथा सम्मानपत्र पत्र प्रदान गरिएको थियो ।
बेगनास जाऔं, माछाका परिकारमा रमाऔं भन्ने मुल नाराका साथ होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजना र स्थानीय सामाजिक संघ संस्थाको सहकार्यमा शनिबार देखी माछा महोत्सव गरिएको हो । महोत्सवको दोस्रो दिन सम्म २५ सय किलो माछा बिक्रि भएको र करीव ४० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेको आयोजकले जनाएको छ ।
महोत्सवको अन्तिम दिन सोमबार ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहनेछ । प्रजापति पराजुली, शंकर बिरही गुरुड्डं, प्रदिप त्रिपाठी, पद्म राज ढकाल, मंजु विक, सरस्वती परियार लगायतका कलाकारको प्रस्तुती रहने बताइएको छ । कार्यक्रमको संचालन वीरभद्र कडेंल र सचिन रानाभाटले गरेका थिए ।
