
रञ्जन अधिकारी पोखरा, २ जेठ / जापान पुगेको छोरोले केहि कमाउला, आर्थिक अवस्था सुधार्ला र सुखको दिन आउला भनेर सोचेका अर्जुन नेपालीका बुबाआमाको अब यस्तो दिन त आउँदैन नै । छोराको अन्तिम पटक मुख हेर्ने दिन समेत जुरेन ।
यही मे १४ मा जापानको चिवा केन इचिकावा सी स्थित आफ्नै कोठामा मृत भेटिएका उनको शव रकम अभावले नेपाल ल्याउन सम्भव नै भएन भने जापानमै अन्तिम संस्कार गर्न पनि खर्च अभाव भएको उनका साथीहरुले बताएका छन् ।
पोखरा लेखनाथ महानगरपालिका १४, मझेरीपाटनका अर्जुन नेपाली चार वर्ष अघि जापान गए । उनी त्यहाँ जाँदा लागेको ऋण समेत अझै तिरिसकेको छैन । २८ वर्षीय अर्जुन पछिल्लो पटक मानसिक तनावबाट गुज्रिएको साथीहरु बताउँछन् ।
मजदुरी गरेर जिवन गुजारा गर्दै आएका उनको परिवारसँग अर्जुनको शव नेपाल फिर्ता ल्याउने क्षमता छैन । तर, जापानमै दाहसंस्कार गर्न समेत अब सहयोग संकलनको विकल्प नभएको जापानबाट विशाल कार्कीले जानकारी दिए । अब शव नेपाल पठाउन बढि खर्च लाग्छ । जापान स्थित नेपाली समुदायबाट सहयोगको खाँचो छ ।पारिवारिक अवस्था अत्यन्त दयनीय छ । ‘नेपाली परम्परा अनुसार यतै दाहसंस्कारका लागि परिवारले भनेकाले सम्पूणै नेपाली दाजुभाइ मिलेर सहयोग गरिदिनहुन अनुरोध गर्दछु ।’ कार्कीले भने ।
सहयोगको लागि :
NRNA JP bank Account Number: 10010-4228121
थप जानकारीको लागी
Visal Karki
Mobile No:080-4063-2020
Prakash Thapa (Nrna Kanto)
Mobile No:090 -9381-4014
Nabin Neure(Nrna Kanto)
Mobile No: 080-4145-9955
Biswo Subedi
Mobile No:090-9328-5018

