
बिग न्युज पोखरा, १७ भदौ / अनेरास्ववियु भूगोल जिल्ला कमिटी कास्कीले बाढी पिडितहरुको लागि संकलित राहात शनिबार सर्लाहीको हरिऔन पठाएको छ ।
कास्कीका अध्यक्ष शेखर गौतमले ५० हजार रुपैयाँ बरावरको लत्ता कपडा केन्द्रीय सदस्य तथा कास्कीका प्रतिनिधी भरतमान गुरुङलाई हस्तान्तरण गरेको क्षेत्रीय इञ्चार्ज रोशन भट्टराईले जानकारी दिए । अनेरास्ववियुले यस भन्दा अगाडी माछापुच्छे« गाउँ पालिका रिभानका बाढी पिडितहरुका आश्रित छोरा छोरीलाई २५ हजार रुपैयाँ बरावरको पुस्तक, कापी र कलम वितरण गरेको थियो ।
अनेरास्ववियु कास्कीले न्युन आय भएका २ घर परिवारलाई ‘अखिल आवास’ निर्माण गर्ने माछापुच्छ«े गाउँ पालिका संयोजक ऋषि गौतमले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
