
३१, भदौ ,पोखरा ।
पोखरा लेखनाथ वडा नं १७ मा रहेका हनुमानटोलको १० औ साधारणसभा सम्पन्न भएको छ ।
सभामा अध्यक्ष बिन बहादुर नेपालीले बार्षिक तथा कोषाध्यक्ष दिलमाया पुनले आर्थिक प्रतिबेदन पेश गरेका थिए । कार्यक्रममा वडा नं १७ का अध्यक्ष तिर्थराज अधिकारीले वडामा सुुसासन कायम गर्ने आफ्नो पहिलो नारा रहेको बताए ।
अहिले देशमा भ्रष्टाचारको जालो फैलिरहेको शन्र्दभमा आफुले वडालाई सुसासनको पहिलो वडा बनाउने उनको भनाई थियो । आफु कमाउनको लागि वडामा आएको नभई जनताको सेवा गर्नको लागि आएकाले र्निधक्क भएर काम गर्ने उनको भनाई थियो । कार्यक्रममा नेपाली काग्रेस १७ का ईकाई अध्यक्ष देविराज आचार्य, नेकपा एमालेका वडा अध्यक्ष शुभाश ढुगांना, माओबादी केन्द्रकी उपाध्यक्ष गान्धी कुमारी गुरुङ्ग ले सुकुम्वासीहरुको बस्ती रहेको हनुमान टोलको बिकासको लागि प्रबिद्धता ब्यक्त गरे ।
कार्यक्रममा स्थानिय समाजसेवी ओम बहादुर पौडेल, अखिल नेपाल सुकुम्वासी संघका अध्यक्ष हर्कमान गुरुङ्ग,राष्ट्रिय भुमि अधिकार सञ्चका अध्यक्ष आश बहादुर गुरुङ्ग, पालेनपा गाऊ नगर साझेदारी शाखाका सुब्वा मनकला खनालले बोलेका थिए ।
