
बिग न्यूज
पोखरा, २८ कात्तिक । कास्की क्षेत्र नम्बर ३ ‘ख’का उम्मेदवार शिकन्दर गुरुङ ‘भोजबहादुर’ले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । उनले आफुले घरदैलोको क्रममा जितेर आउने आर्शिबाद पाएको प्रतिक्रिया दिए ।
घरदैलोको क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ मा पुगेका शिकन्दरले त्यस क्षेत्रमा पर्ने गौरीघाट, हल्लनचोक, वाराहिचोक, फिस्टेलगेट वरपरका मतदाताहरुसँग आफ्नो पक्षमा भोट गर्न अपील गरे । ‘म जनताको सेवा गर्न आएको हो । जनताको सेवा गर्न चाहने सेवकलाई भोट दिनुहोला ।’ घरदैलोको क्रममा उनले मतदाताहरुसमक्ष आग्रह गरे ।
साथै उनले काँग्रेसका विभिन्न भातृ संगठनहरुसँग आन्तरिक भेटघाटलाई समेत तिव्रता दिएका छन् । आफ्नो पक्षमा जीत निकाल्नका लागि उनले निकै मेहेनत गरिरहेको बताएका छन् । ‘लोकतन्त्रलाई बचाएर समग्र क्षेत्रको सम्बृद्धिका लागि काँग्रेसले कुनै हालतमा जित्नैपर्ने स्थिती छ । त्यसैले म अहोरात्र खटिरहेकै छु ।’ उनले भने ।
