फेवाताल अतिक्रमणको मुद्दा स्थगित सूचीमा पेसी तोकियो

Share:

साउन ३१,पोखरा । फेवाताल मिचेर वाटरफ्रन्ट रिसोर्ट सञ्चालन गर्दै आएका कर्ण शाक्यले प्रभावित पार्दै मुद्दाको पेसी अदालतका तर्फबाटै स्थगित गराएका छन । सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ नहुँदै समितिको प्रतिवेदन बाहिरिएपछि शाक्य चलखेलमा लागिपरेका थिए।

अधिवक्ता खगेन्द्र सुवेदीले दायर गरेको मुद्दा स्थगितको १५ नम्बरमा सर्वोच्चले प्रकाशन गरेको छ। सर्वोच्च अदालत मुद्दा फाँटका एक कर्मचारीले केही पहिले नै शाक्यका कानुन व्यवसायी मुद्दा सार्ने लबिङमा लागेको जानकारी दिएका थिए ।शाक्यले मुद्दाको फैसला तत्काल हुँदा रिसोर्ट भत्काउन आदेश हुने निश्चित भएपछि त्यसलाई केही समय पर धकेल्ने प्रयास स्वरुप मुद्दाको पेसी सारेका हुन्।

२०६८ असार २३ गते अधिवक्ता खगेन्द्र सुवेदीसहितले दायर गरेको निवेदनको पेसी स्थगित भएपछि अर्को पेसी छिटोमा १५ दिन पर धकेलिएको छ।समितिले रिसोर्टका अधिकांश संरचना अवैध रुपमा तालको जग्गामा निर्माण भएको प्रतिवेदन दिएकाले आफ्नो विपक्षमा सर्वोच्चको फैसला आउने निश्चित भएकाले न्यायाधीशको इजलास गठन हुनुअघि नै स्थगित गराउने तयारीमा शाक्य रहेका थिए।

FILE PHOTO

कमेन्ट गर्नुहोस्
Share: