डुङ्गा संचालन सम्बन्धी निर्णयलाई कार्यन्वयन गर्न इप्रका लेखनाथको निर्देशन

Share:

२७ भदौ,पोखरा । इलाका प्रशासन कार्यालय लेखनाथले बेगनास ताल र रुपा तालमा डुङ्गा संचालन र दुर्घटना न्यूनीकरण सम्बन्धी निर्णयलाई कार्यन्वयन गर्न निर्देशन दिएको छ । प्रशासन प्रमुख चित्राङ्गत बरालको अध्यक्षतामा बसेको बैठकले डुङ्गा व्यवसायी,वडा कार्यालय,मत्स्य व्यवसायी लगायतका संस्थालाई निर्देशन दिएको हो ।

दुर्घटना न्यूनीकरणसंगै पर्यटकीय गतिविधिलाई व्यवस्थित गर्न सरोकारवालासँग वैठक बसी निर्णय कार्यान्वयनको निर्देशन दिएको कार्यालयका एक कर्मचारीले जानकारी दिएका छन । बैठकले तालमा संचालन हुने व्यवसायीक र गैर व्यवसायीक सबै डुङ्गामा डुङ्गाको अधिकतम तौल क्षमाता र मानिस संख्या स्पस्ट देखिने गरि लेख्न,सुरक्षाका दृष्टीले उपयुक्त डुङ्गा मात्र संचालनमा ल्याउन,व्यवसायीक डुङ्गा चालकले अनिवार्य परिचय पत्र लगाएर डुङ्गा चलाउनुपर्ने,यात्रु र चालक सबैले अनिवार्य रुपमा लाइफ ज्याकेट लगाउनुपर्ने लगायतका निर्णय गरिएको प्रमुख चित्राङ्गत बराल बताएका छन ।

निर्देशन दिए अनुसार काम नभएको पाईएमा कानुनी कारबाही गरिने र अन्य आवश्यक विषयमा पुन बैठक बसी निर्णय गरिने बताईएको छ ।बैठकले गत भदौ २३ गते बेगनास तालमा भएको डुङ्गा दुर्घटनाको घटना प्रति दुख समेत व्यक्त गरेको छ ।

File Photo

 

कमेन्ट गर्नुहोस्
Share: