छैटौं मिसेस तीज प्रतियोगिताको उपाधि मल्ललाई

Share:

दिननाथ बराल पोखरा ३१, साउन / छैटौं संस्करणको मिसेस तीज प्रतियोगिता २०७१ को उपाधि गंगा हमाल मल्लले जितेकी छन । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालको आयोजनामा पोखरा सभागृहमा शनिबार सम्पन्न भएको फाइनल चरणमा १४ प्रतियोगिताहरुलाई पछि पार्दै उपाधि सहित १५ हजार नगद सहित अन्य गिफ्ट ह्याम्पर प्राप्त गरीन ।

पोखरा मालेपाटन निवासी मल्ल जनप्रिय बहुमुखि क्याम्पस स्नातक तह व्याबस्थापन संकाय दोश्रो बर्षमा अध्ययनरत छात्रा हुन । सुन्दरी प्रतियोगितामा पहिलो सहभागितामा नै सफलता हासिल गर्न सफल भएकोमा खुसि व्यक्त गर्दै मल्लले आगामी दिनमा सामाजिक कार्यमा समर्पित हुने वचन दिएकी छन ।

नागढुंगा न्यु–कन्चन हर्वल व्युटि पार्लरका संचालक मिरा पोखरेल फष्ट रनर अफ घोषित भईन । पोखरा बास्तोलाथर निबासी रेडियो अन्नपुर्णकी प्रोस्तोता सरीता पहारी सेकेण्ड रनर अफ भईन । दर्शक छनौटमा भने कुडहरकी देवि गुरुङ घोषित हुदा मोसट ट्यालेन्टको उपाधि पोखरा एर्यरपोर्टकी प्रतिक्षा गुरुङ घोषित भईन । उपविजेतालाई १० हजार, सेकेण्ड रनर अफलाई ५ हजार र दर्शक छनौटलाई ५ हजार र मोस्ट ट्यालेन्टको टाईटल विजेतालाई ३ हजार पुस्कार प्रदान गरीएको सचिव सुमन गुरुङले बताईन ।

१८ देखि ३८ बर्ष उमेर समुहका विवाहित १९ जना सहभागिबाट फाईनल चरणमा १५ जना रहेको प्रतियोगिता संयोजक संगिता पाण्डेले बताईन । प्रतियोगिहरुको प्रतिभा तिर्खान एक महिने प्रशिक्षण आयोजना भएको थियो । प्रतियोगिताको कोरीयो ग्राफिममा रबिन्द्र बज्रचार्य रहेका थिए भने प्रतियोगिताको डान्सरमा पुनम गुरुङ रहेकी थिईन। प्रतियोगिताको मुख्य प्रायोजक लायन्स क्लव अफ पोखरा आगनका अध्यक्ष महिला उद्यमी ममता गुरुङ रहेकी छन भने सह प्रयोजकमा स्याङजा सुनचाँदी पसलका संचालक बलबहादुर सेन्चुरी रहेका थिए ।

निर्णायक मण्डलमा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य तथा अधिवक्ता दुर्गा भण्डारी, वेस लाईन एकेडेमीका प्राचार्य सडानन्द गौतम, ज्ञानु बाबा आवासिय उच्च माविका प्राचार्य निदेश अर्याल, पोखरा उपमहानगरपालीका कार्यालयका कार्यक्रम अधिकृत दुर्गा न्यौपाने, मिसेस तिज २०६६ का विजेता प्रमिला गुरुङ रहेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: