कोहिनुर एकै दिनमा करोडको व्यापार, ऐतिहासिक रेकर्ड कायम

Share:

काठमाडौं, १ भदौ / स्व. नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र ‘कोहिनूर’ ले एकै दिनमा करोडको व्यापार गरेर नेपाली सिनेमामा ऐतिहासिक रेकर्ड कायम गर्यो । यसले हिन्दी सिनेमालाई समेत विस्थापित गर्‍यो । करिब १ करोडको लगानीमा बनेको यो सिनेमाले  ५ करोडमाथिको कारोबार गरिसकेको छ ।

जताततै ‘कोहिनूर’को चर्चा छ, तर यो चर्चा र खुसीले अभिनेत्री एवम् श्रीकृण्ण पत्नी श्वेतालाई सान्तोना मिल्न सकेको छैन् ।‘कोहिनूर’का निर्देशक आकाश अधिकारी फिल्मको सफलतामा खुसी मनाउने की दुःख मनाउने अन्योलमा परेका छन् । दिनहु श्वेतालाई भेट्न जान्छन् तर फिल्मी सफलता साट्न सक्दैनन् । ‘उहाँ अत्याधिक शोकमा हुनुहुन्छ । बोल्नसक्ने अवस्था भएको छैन् । १३ औ दिनको दिन हिम्मत निकालेर फिल्मको सफलताबारे उँहालाई सुनाउने विचारमा छु ।’ भन्दै आकाशले थपे, ‘अभिनेतालाई श्रद्धाञ्जली स्वरुप दर्शकको भिड बढेको हो कि भन्ने अन्योलमा थियौ आज प्रमाणित भयो फिल्म साच्चै राम्रो बनेको रहेछ ।’

दर्शकको बढ्दो भिडले फिल्म राम्रो बनेको प्रतिकृया मिलेको अनुभव उनले सुनाए । ‘सबैभन्दा बढी त श्वेताको अभिनयको तारिफ भएको छ ।’ के कोहिनूरले श्वेताको फिल्मी करियरलाई अगाडि बढाउला त ? भन्ने जिज्ञासामा उनले थपे,‘उनलाई श्री बाहेक अरुसँग फिल्म खेल्ने इच्छा थिएन भन्ने सुनेको थिए हेरौ के गर्छिन् ।’एकजनाले फिल्म हेरेपछि बाकी पचासलाई हेर्न आग्रह गरेको आकाशको ठम्माई छ । ‘दर्शकले फिल्म राम्रो बनेको प्रतिकृया दिएकाछन् । तर आफ्नो फिल्मले करोडौको व्यापार गर्दा पनि श्वेतालाई यतिबेला जान्ने जिज्ञासा छैन । आकाशले कुरा राख्ने हिम्मत गरेकाछैनन् आफै भन्छिन्,‘मेरो सबैथोक सिद्धियो ।’

श्रीकृण्ण निधनको शोकमा श्वेतालाई आमाले जस्तै हेरविचार गरिरहेकी छन्, बसुन्धरा भुषालले । उनी दिनको एकपटक श्री निवासमा पुग्छिन् । श्वेतालाई आट दिन्छिन् । ‘उसका आशु थामिएका छैनन् । रोएको रोएै छ । हरेश खाएर बसेकीछ । म सकेसम्म उसलाई समाल्न खोज्छु हाम्रो प्रयाश काम लागेको छैन । अब समयले घाउको खाटा पुर्दै जाला ।’

आँखा रसाउने सम्वाद

श्रीकृष्णको निधनपश्चात चलचित्रले दर्शकलाई झनै रुवाएको छ । कारण, चलचित्रमा केही यस्ता संवाद छन्, जसले पर्दामा श्रीकृष्णलाई हेरिरहेका दर्शकका आँखाबाट आँशु झारिदिन्छ । मुम्बईबाट फोन गर्दै अभिषेक (श्रीकृष्ण)ले बोलेको-’आमा म बाँच्न चाहन्छु, आमा मलाई बचाउनुहोस् ।’ यो संवादले दर्शकलाई एकाएक भावुक बनाइदिन्छ । यस्तै नेपाल पुगेर कोहिनुरले बोलेको- ‘मैले हजुरको छोरालाई मार्न लगाएँ । हजुरको छोरा मरिसक्यो ।’ भन्ने संवादले पनि दर्शकको आँखामा आशु झारिदिन्छ । यीबाहेक देशप्रेम र राष्ट्रियता बोकेका सम्वादले कोहिनुरलाई उत्कृष्ट बनाएको छ ।

आकाश अधिकारीको निर्देशनमा बनेको यो चलचित्र स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको ‘डि्रम प्रोजेक्ट’ पनि थियो । उनी भन्ने गर्थे-’म लगानी हेरेर सिनेमा बनाउँदिन । सिनेमालाई आवश्यक परेअनुसारको लगानी गर्छु ।’ श्रीकृष्णको यो सपनाको सिनेमाले आज दर्शकको माया पाएको छ ।

कोहिनुर’का निर्माता तथा नायक श्रीकृष्ण श्रेष्ठ हुन् । उनको निधनसँगै दर्शकमा उनको अन्तिम सिनेमा हेरेर श्रद्धाञ्जली दिने भावना पैदा भयो । पुरानादेखि नया पुस्तासम्मका पि्रय नायक श्रीकृष्णको निधनले देश नै रोयो । दर्शकले उनलाई सिनेमा हेरेरै श्रद्धाञ्जली दिइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: