
७ असोज,पोखरा । पोखरा महानगरपालिका-११ काहुडाडामा बस दुर्घटना हुँदा ८ जना घाईते भएका छन् । आइतबार बिहान पोखरा तर्फ आउदै गरेको ग १ ख ६०९८ नम्बरको बस अनियन्त्रित भई पल्टिदा ८ जना घाईते भएका हुन् ।
घाईतेहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ । घाईते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम डिएसपी रविन्द्रमान गुरुङले बिग.एफ.एमलाई जानकारी दिएका छन् । घाइतेहरुको परिचय भने नखुलेको उनले बताएका छन् ।
तस्बिर- फ़ेसबुकबाट
कमेन्ट गर्नुहोस्
