आजको दोस्रो दिन, टीका ग्रहण गर्ने क्रम जारी

588
0
Share:

कार्तिक ३, पोखरा : नेपाली हिन्दु धर्मालम्बीहरुको महान् चाड बडादसैं अन्तर्गत आज एघारौं दिन अर्थात् एकादशी।  मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम आज पनि जारी छ ।

हिजो विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले आज टीका लगाउँदैछन्।
विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ। देशका केही भागमा भने टीकाको दिनमात्र टीका लगाउने चलन पनि छ।

मान्यजनले टीका लगाइदिंदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ । यो क्रम पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्मै चल्ने गर्दछ । ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको कडीको रुपमा लिने गरिन्छ ।

आज बिहानैदेखि टीका लगाउन आफन्तकहाँ जानेहरुका कारण राजधानी  लगायतका देशका मुख्य शहरहरुमा गाडीको चहपहल केही बढेको छ। टीकाको दिन राजधानीका सडक प्राय: सुनसान थियो। आज भने निधारमा रातो टीका र पहेँलो जमरा लगाएर गन्तव्यतिर हिँडेकाहरुका कारण बिस्तारै राजधानी पनि चलायमान बन्दैछ।

 

कमेन्ट गर्नुहोस्
Share: