पोख्रेलीलाई खुसिको खबर:एक कल फोनमै अब घरमैै आउछन डाक्टर

Share:

०६,मंसिर । गीता पोख्रेल ।अब पोखरामा हस्पिटलको सेवा घरमै पाइने भएको छ । ललितपुरको मेडिलिङक होम केयर प्रालिको शाखा स्थापना संगै पोखरामा पनि हस्पिटलमा पाइने स्वास्थ्य सेवा घरमै पाइने भएको हो । पोखरामा आयोजित पत्रकार सम्मेलनमा सञ्चालकले पोखराको गैह्रापाटनमा शाखा कार्यालय राखेर सेवा सुुरु गरेको बिहिबार जानकारी गराएईको छ । बिरामीले फोनको भरमा घरमै सेवा लिन पाउने भएका छन् ।सेवा लिनलाई विरामी वा आफ्न्तले फोन गर्नुपर्ने छ फोनबाटै आवश्यक विशेषज्ञ सहितको टोली केहि समयमै घरमा पुगेर सेवा दिने सञ्चालक उत्तम खत्तिवडाले बताएका छन् ।

टोलीमा सम्बन्धित रोगका विशेषज्ञ चिकित्सक र नर्ससमेत हुने उनले जानकारी दिएका छन् । उनले पोखरेलीको आवश्यक्तालाई महशुष गरेर सेवा शुरु गरेको जानकारी दिए । घरमै सेवा लिने सेवाग्राहीले सेवा दिने विशेषज्ञ चिकित्सक वापत १ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने छ । नर्सका लागि भने सेवाग्राहीले छुट्टै शुल्क तिर्नुपर्ने हाल मनिपालमा कार्यरत डा. सन्तोष ढकालले बताएका छन् । उनका अनुसार नर्सले बिहान र दिउंसोको समयमा ५ सय र बेलुकाको समयमा ७ सय शुल्क लाग्ने छ । प्रालिले चौविसै घण्टा उपचार गर्नुका साथै विरामीको हेरचाहसमेत गर्ने बताएको छ । प्रयोगशालाको जाँच सेम्पल घरमै लिने र रिपोट पनि घरमै उपलब्ध गराइने बताइएको छ ।

विरामीलाई थप सेवा आवश्यक परेमा हस्पिटल पनि लैजाने काम गर्ने खतिवडाले बताए । त्यसका साथै प्रालिले मेडिकल सामग्रीको बिक्री तथा भाडामा प्रयोग गर्न दिने,प्रयोगशाला सम्बन्धी सेवा, फिजियोथेरापी सेवा, विरामीको कुरुवा बसिदिने लगायतका सेवा पनि दिनेछ । मानिसको ब्यस्ततालाई ध्यानमा राखेर घरमै स्वास्थ्य सेवा दिनका लागि सेवा सुरु गरिएको डा.ढकालले बताएका छन् । उनले भने “पोख्रेलीहरुको व्यस्त जीवनशैलीलाई मध्यनजर गर्दै होम सेवा मार्फत सामाजिक सेवा दिन चाहेको हो ”। डाक्टर ढकालले पूर्वाहृन ९ बजेदेखी ४ बजेसम्म अस्पतालमा ड्यूटी गर्ने र त्यो बाहेक आफूले घरमै पुगेर होम केयर सेवा दिने बताएका छन् । डा.ढकालले हालमा आफुसहित ६ जना चिकित्सक स्वास्थ्य टोलीको सम्पर्कमा रहने र जुन विशेषज्ञको सरकारी फुर्सद मिल्छ उही टोलीसँग घरमा गएर सेवा दिने बताए ।

डा.ढकाल संगको कुराकानी::

कमेन्ट गर्नुहोस्
Share: