स्याङ्जामा ट्रकले मोटरसाइकललाइ ठक्कर दिँदा एकजना घाइते

Share:

मंसिर १२,स्याङ्जा । स्याङ्जामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजना घाइते भएका छन् । गल्याङ नगरपालिका –२ जिरो स्थित सिद्वार्थ राजमार्गमा लु १ ख ५०५७ नं.को ट्रकले लु २८ प ६६८९ नं.को मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक पाल्पाको बगनासकाली गाउँपालिका ३ बस्ने २८ बर्षिय सन्त ब.बाकावल भएका हुन् ।

घाईतेलाई उपचारको लागी लुम्विनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको प्रहरीले जनाएको छ । घटनास्थलमा खटिएको प्रहरी टोलिले ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: