बागलुङमा सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ

Share:

२३ मङ्सिर,बागलुङ । बागलुङ बजारमा सामूहिक रुपमा जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। बागलुङ नगरपालिका ४ उपल्लाचौर बस्ने २२ वर्षीय राम कुँवर,३३ वर्षीय हस्तबहादुर खत्री र २२ वर्षीय डेल्चन कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शनिबार राति उपल्लाचौर स्थित एक घरमा मदिरा सेवन गरी १७ वर्षीया एक किशोरीलाई मदिरा सेवन गराई सामूहिक रुपमा करणी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख दिपक रेग्मीले बताए । पक्राउ गरिएका तिनै जनाको बारेमा आवश्यक अनुसन्धान शुरु गरिएको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
Share: