ट्याक्टरमा मोटरसाइकल ठोकिन जाँदा तनहुँमा दुई जना घाईते

Share:

मंसिर २८, तनहुँ । ट्याक्टरमा मोटरसाइकल ठोकिन जाँदा तनहुँमा दुई जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकलमा सवार व्यास–५ का ५४ बर्षिय मोहनलाल श्रेष्ठ र उनकी श्रीमती ५० बर्षिय विष्णुमाया श्रेष्ठ रहेका छन् । पृथ्वी राजमार्गमा सेतिघाटबाट हलेदीतर्फ समान दिशामा जाँदै गरेका ग १ त ५००४ नं.को ट्याक्टर र ग ६ प ९४०६ नं.को मोटरसाईकल ठोकिँदा उक्त घटना घटेको हो ।

दुर्घटनामा परी घाइते भएका दुवैजनालाई उपचारको लागि गण्डकी अस्पताल पोखरा ल्याइएको छ । सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: