लमजुङमा ट्याक्टर दुर्घटना हुँदा दुईजना घाइते

Share:

पुस ३, लमजुङ । लमजुङमा ट्याक्टर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा बेशिसहर नगरपालिका ११ रियालीका २९ बर्षिय सन्तोष मिजार र २४ बर्षिय सुभास बिष्ट रहेका छन् । लमजुङको चितिबाट शेरातर्फ जाँदै गरेको ग १ त ४९०९ नम्बरको खाली ट्याक्टर अनियन्त्रीत भई बाटो देखि करिब १ सय मिटर तल खसेको थियो ।

घाईतेहरुलाई उपचारको लागि जिल्ला सामुदायिक अस्पताल लमजुङ पठाईएकोे छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: