पोखरामा बिहीबारदेखि ‘बृहत् तमु फो ल्होसार महोत्सव-२०७५’ [तस्बिरहरु, भिडियो सहित]

Share:

तमु प्ये ल्हु संघको आयोजनामा बिहीबारदेखि पोखरामा ‘बृहत् तमु फो ल्होसार महोत्सव-२०७५’ सुरु भएको छ । गुरुङ समुदायको ल्होछार (नयाँ वर्ष)को अवसरमा महोत्सव आयोजना गरिएको हो । गुरुङहरुले यस वर्ष खि (कुकुर) वर्गलाई बिदाई गरी फो (मृग) वर्गको स्वागत गर्दै ल्होसार मनाउँदै छन् ।

ल्हो भनेको विभिन्न १२ वटा जीवहरुको नाम हो । सार भनेको एक वर्गबाट अर्काे बर्गमा फेर्ने नयाँ दिन हो । ल्होसार भनेको एक वर्गबाट अर्काे बर्गमा पौष १५ गतेका दिन सर्ने भएकोले यहि दिनलाई ल्होसारको दिन मानिआएको छ । च्यु (मुसा) ल्होबाट शुरु भई फो ल्हो(मृग) ल्होमा आइपुग्दा १२ लहो पुरा हुन्छ । १२ ल्हो पुगेपछि एक ल्होसार भन्दछन् । अर्काे सुर्य उत्तर दिशाबाट दक्षिणको सीमानामा पुगी उत्तर दिशातिर नै फर्केको दिनलाई ङिएव (ल्हो तोव बर्ग फर्कने सर्ने) भनिन्छ । यहि दिनलाई आधार मानि तमुहरुले आफ्नो वर्ग (ल्हो)फेर्ने दिन मानि आएको छ र ल्हो सार्ने (वर्ग फेर्ने) बैज्ञानिक आधारको रुपमा पनि मानिएको छ ।

 

 

 

 

 

 

 

कमेन्ट गर्नुहोस्
Share: