देशभर बलात्कारका घटना, मानिस असामाजिक बन्दै गएका हुन् ?

Share:

बर्दिया, भदौ १० – बर्दियामा एक तीन वर्षकी बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छन् । धधवार ६ का एक व्यक्ति (पीडितको परिचय खुल्ने भएकाले नाम सर्वाजनिक नगरिएको)ले आफ्नै ३ वर्षकी छोरीलाई मंगलबार राती बलात्कार गरेका हुन् ।

अत्याधिक रक्तश्राव भई अवस्था गम्भीर हुँदै गएपछी बालिकालाई बिहान ११ बजेतिर भेरी अञ्चल अस्पताल भर्ना गरिएको छ । सुरुमा बालिकालाई खेल्दा चोट लागेको बताईए पनि बालिकाको साथमा आएकी अर्की काकाकी छोरीले बलात्कार भएको डाक्टरसँग बताएपछि घटना बाहिर आएको हो ।

भेरी अञ्चल अस्पतालमा डाक्टर कल्पना थापाले वालिकाको उपचार गरिरहनुभएको छ । एउटा शल्यकृया गरिएको तर रक्तश्राव नरोकिएको अस्पतालले जनाएको छ । बालिकाको उपचारको सबै खर्च माईती नेपालले ब्यहोरी रहेको जानकारी माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले दिनुभयो ।  घटनाबारे नेपालगञ्ज बाँकेबाट खबर आएको र फरार रहेका बाबुको खोजी भईरहेको बर्दिया प्रहरीले जनाएको छ ।

 

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

विराटनगर, भदौ १० –

नाबालिकालाई बलात्कार गरेको आरोपमा मोरङको पथरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे नगरपालिका १४ कि एक ४ वर्षकी नाबालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय १९ वर्षका विन्देश्वर सार्कीलाई प्रहरीले पक्रेको हो । सोमबार साँझ ललाईफकाई जबरजस्ती करणी गरेको भनी बालिकाले आफ्नी आमालाई जानकारी गराएपछि घटना बाहिर आएको हो ।

बालिकाको स्थानीय मंगलवारे अस्पतालमा उपचार भइरहेको / घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पथरीले अनुसन्धान गरिरहेको छ ।

 

दिल्लीमा नेपाली युवती बलात्कृत

नयाँ दिल्ली, भाद्र १० –

दिल्लीको दक्षिण-पश्चिम क्षेत्रस्थित पर्ने मेहरौलीमा १९ बषिर्या नेपाली युवतीमाथि ५ जना युवकले सामुहिक बलात्कार गरेका छन् । गत आइतबार रातीको यो घटनाबारे जानकारी पाउनासाथ नेपाली दुतावासका पदाधिकारीले मेहरौली प्रहरी निकायसँग सम्पर्क गर्दा बलात्कारमा संलग्नमध्ये ३ युवक र एकजना एजेन्ट महिला पक्राउ परिसकेको जानकारी गराएका छन् ।

काठमाडौं मुलघर भएकी र कामको सिलसिलामा दिल्ली आएकी युवतीलाई जागिर लगाइदिने प्रलोभन देखाएर दार्जीलिङ मुल घर भएकी एक महिला एजेन्टले मेहरौलीस्थित एक घरमा आइतबार साँझ लगेकी थिइन् । त्यहाँ रहेका ५ युवकले सामुहिक बलात्कार गरेको भन्दै पीडित युवतीले सोमबार बिहान ५ बजे मेहरौलीस्थित प्रहरी चौकीमा उजुरी गरेकी हुन् ।

 

नातिनीले बलात्कारको आरोप लगाएपछि ७२ वर्षका वृद्धले गरे आत्महत्या

काभ्रे,  भदौ १० –

बाबुबाट बलात्कृत युवतीले अपराधकर्ममा हजुरबाको पनि सहयोग गरेको आरोप लगाएलगत्तै काभ्रेका एकजना ७३ वर्षीय बृद्धले आत्महत्या गरेका छन् । काठमाडौंमा उपचाररत बलात्कृत नातिनीले अपराधकर्मममा बाबुलाई आमा र हजुरबाको पनि सहयोग रहेको बयान दिएपछि बृद्धले आत्महत्या गरेका छन् ।

काभ्रे, पनौति- २ का प्रकाश कार्कीलाई छोरीको किटानी जाहेरीका आधारमा प्रहरीले सोमबार पक्राउ गरेको थियो । ११ वर्षदेखि बलात्कारको शिकार भएकी १९ वर्षीय किशोरीले आत्महत्याको प्रयास गरेपछि बलात्कारको घटना बाहिर आएको थियो । पीडित युवतीलाई अहिले काठमाडौंस्थित रक्षा नेपालको सेल्टरमा राखिएको छ ।

बाबुका  चार श्रीमती

बलात्कृतका बाबु प्रकाशका चार श्रीमती छन् । पहिलो श्रीमतीबाट छोरा नभएपछि कार्कीले माइली काभ्रेकै, साइँली मकाउमा र कान्छी काभ्रेबाट विवाह गरेका थिए । बलात्कृत युवती माइली श्रीमतीकी जेठी सन्तान हुन् । पटक पटक अनेक बहानामा बलात्कृत भएपछि आत्महत्या प्रयास गरेकी ती युवतीले प्रहरीसँग आत्महत्याको कारण खुलाएकी थिइन् । सुसाइट नोटमा- ‘बाउको कान्छी श्रीमती बस्नुभन्दा मर्नु बेस । मरेपछि बलात्कार गर्ने बाउ र हजुरबाउलाई मृत्युदण्ड’को माग गरेपछि घटना खुलेको थियो ।

गाडी कुरेर बसेकी किशोरीलाई बलात्कार गर्न खोजेको आरोपमा पक्राउ

भक्तपुर, भदौ १० –

घरजाने गाडी कुरेर बसेकी किशोरीलाई घर पुर्‍याईदिन्छु भन्दै मिनिट्रकमा राखेर बलात्कार गर्न खोजको आरोपमा प्रहरीले मिनिट्रक चालकलाई पक्राऊ गरेको छ ।

बलात्कारको प्रयास गरेको अभियोगमा बा १ ख ४४६० नम्बरको मिनिट्रक चालक दोलखा बोच गाविस १ घरभई हाल भक्तपुर बस्ने २१ वर्षको विनोद बस्नेतलाई पक्राऊ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्याम अधिकारीले जानकारी दिनुभयो ।

गत आईतबार राती नौ बजे दुवाकोट जाने सवारी साधन कुरेर बसेकी सिन्धुपाल्चोक घरभई दुवाकोट बस्ने १६ वर्षकी किशोरीलाई घर लगिदिन्छु भनेर मिनिट्रकमा राखेर झौखेलको बाँसघारीमा लगेर बलात्कारको प्रयास गरेपछि किशोरीले प्रतिकार गरेर कराएपछि स्थानीयबासिन्दाले उनको उद्धार गरेको प्रहरीको भनाई छ । तत्कालै फरार भएका चालकलाई प्रहरीले पक्राऊ गरि मंगलबार सार्वजनिक गरेको हो ।

 

अनैतिक सम्बन्ध राखेको हल्ला फिँजाएको भन्दै प्रिन्सिपलविरुद्ध छात्राको उजुरी

ओखलढुंगा, भदौ १० –

हिमालय पारामेडिकल इन्ष्टिच्युट सोब्रु ओखलढुंगामा अध्ययनरत एक छात्राले आफ्नो चरित्र हत्या हुने गलत सुचना प्रवाह गरेको अरोपमा इन्ष्टिच्युटका प्रिन्सिपल फणिन्द्र दानीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी छिन् ।

आफूले भाडामा बस्दै आएको घरधनीसँग अनैतिक सम्बन्ध राखेकोले प्रहरीले गिरफ्तार गरेको भन्ने गलत सूचना प्रिन्सिपलले आफन्त र अभिभावकलाई दिएर चरित्र हत्या गरेको ती पीडित छात्राको भनाइ छ ।

 

अश्लिल म्यासेज पठाउने थुनिए

काभ्रे, भाद्र १० –

मोबाइलबाट अश्लील म्यासेज पठाउने  थुनिएका छन् । पाँचखाल ५ की एक विवाहित महिलालाई प्रेमको प्रस्ताव राखेर अश्लील म्यासेज पठाउने पाँचखाल ११ का ४० बर्षे बिषु, बिष्णु भन्ने जगनाथ आर्चायलाई थुनिएको हो ।

‘अश्लील म्यासेज पठाउनु यौनजन्य हिंसा हो’ प्रमुख जिल्ला अधिकारी केदार न्यौपानेले भने, ‘पिडकलाई हदै सम्मको कारबाही गर्दछौं ।’ आर्चाय विरुद्ध सार्वजनिक अपराध अभियोग अन्तरर्गत मुद्दा चलाइएको छ ।

पीडितका पतिले आफ्नो पत्निलाई मोबाइलबाट म्यासेज पठाएर हैरान बनाएपछि प्रहरीमा उजुरी दिएका थिए । उजुरी आए लग्त्तै पीडकलाई पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

Source: Online Sites

कमेन्ट गर्नुहोस्
Share: