लगातार परेको हिमपातले अन्नपूण बेसक्याम्पका ४ होटल पुरिए, चैत्र १५ अगाडी बेसक्याम्प जान समस्या

Share:

पोखरा । बिगत दुई हप्तादेखि लगातार परेको हिमपातका कारण अन्नपूर्ण बेसक्याम्पमा रहेको चार वटा होटल पुरिएका छन् । बिगत दुई हप्तादेखि लगातार परेको हिमपातका कारण अन्नपूर्ण गाउँपालिकामा रहेको अन्नपूर्ण बेसक्याम्पमा रहेका चार होटल पुरिएका हुन् ।

हिमपातबाट बेस क्याम्पमा रहेका अन्नपूर्ण सेन्चुरी लज, होटल स्नोल्याण्ड, अन्नपूर्ण गेष्ट हाउस र प्याराडाईज गार्डेन गरी चार वटा होटल पुरिएको हो ।

आर्थिक क्षतीको आँकलन गर्न बाँकी

हिमपातका कारण बेसक्याम्पमा रहेको चार वटा होटल पुरिएर कुल कति आर्थिक क्षती भएको छ भन्ने कुरा निश्चीत भएको छैन् ।

बेस क्याम्प जाने बाटोमा बाक्लो हिउँ भएको र अझै हिउ पर्न नरोकिएकाले सम्बन्धीत निकायका ब्यक्तीहरु घटना स्थलको बिस्तृत अबलोकन गर्न जान नसकेका कारण आर्थिक क्षती के कति भयो भन्ने निश्चित हुन नसकेको हो ।

चैत्र १५ अगाडी बेसक्याम्पमा पर्यटक जान नसक्ने

लगातार परेको हिमपातका कारण बेसक्याम्पमा आगामी चैत्र १५ गतेभन्दा अगाडी पर्यटकहरु जान सक्ने अवस्था नरहेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुवंरले जानकारी दिए ।

सडकमा पनि हिउँ जमेका कारण बेसक्याम्प जान समस्या हुने भएको छ । पर्यटकहरुका लागि चैत्र १५ गतेभन्दा अघि त्यहाँ जाने अनुकुल मौसम हुन नसक्ने उनको भनाई छ ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: