
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्यकर्ता पक्राउको विरोधमा भोली फागुन ३० गते नेपाल बन्दको घोषणा गरेको छ।
सरकारले गाउँगाउँमा संकटकालकै जसरी छापा मार्ने, दमन, धरपकड, गिरफ्तार तथा झुठा मुद्दा लगाउने जस्तो अराजनीतिक व्यवहार गरेको भन्दै बन्द आव्हान गरेको महासचिव विप्लवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
नेकपाले मुलुकमा चलिरहेको भ्रष्टचार, तस्करी, दलाली, अन्याय, बलात्कार, हिंसा र राष्ट्रघातका विरुद्ध शान्तिपूर्ण संघर्षमा जनताका साथमा अगाडि बढिरहेको विज्ञप्तीमा जनाईएको छ ।
‘सरकारको रक्तपिपाशु र दमनपूर्ण व्यवहारको घोर निन्दा गर्दै आगामी फागुन ३० गते नेपाल बन्दको घोषणा गरेका छौँ’ विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

