तनहुँको मनहरीमा ट्रकले स्कुटी ओभरटेक गर्दा यसरी ज्यान लियो प्रतिक्षाको (भिडियो सहित)

6458
0
Share:

तनहुँमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । अर्की महिला घाईते भएकी छन् । म्याग्दे गाउँपालिका ४ मनहरिमा पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ४८५६ नम्बरको ट्रकले सोहि दिशातर्फ गइरहेको ग ८ प १८६५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि बसेकी प्रतिक्षा भण्डारीको मृत्यु भएको हो ।

दुर्घटनामा घाईते शुक्लागण्डकी ४ दुलेगौडाकी २५ वर्षीया भण्डारीको उपचारका लागि दमौली अस्पताल तर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जानकारी दिएको छ । स्कुटर चालक ३४ बर्षीया दुर्गा अधिकारी तिमिल्सेना सोही दुर्घटनामा गम्भिर घाइते भएकी छन् उनको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

स्कुटरलाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने शवलाई अस्पतालमा राखिएको छ । मृतक भण्डारी थर्पू स्वास्थ्य चौकीकी कर्मचारी हुन् । उनको डेढ वर्षीया छोरी छन् ।

 

कमेन्ट गर्नुहोस्
Share: