
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध सन्दीप लामिछानेलेले महत्वपूर्ण विकेट लिएका छन् ।
भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले अहिले रोयल च्यालेन्जर्स बैंगलोरसंग प्रतिस्पर्धा गरिरहेको छ ।
एम चिन्नास्वामी क्रिकेट स्टेडियममा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले बैंगलोरविरुद्ध पहिले बलिङ गरेको हो ।
बैंगलोरविरुद्ध सन्दीपले आफ्नो तेस्रो ओभरमा विकेट लिएका हुन् । सन्दीपले मोइन अलीलाई ३२ रनमा आउट गरे । सन्दिपले ४ ओभरमा ४६ रन खर्चेका हुन् ।
योसंगै सन्दीपले जारी सिजन ४ खेलमा ५ विकेट हात पार्न सफल भएका छन् । सन्दीपले अघिल्ला ३ खेलमा ४ विकेट लिएका थिए ।
कमेन्ट गर्नुहोस्
