
पोखरा। नेत्रविक्रम चन्द(विप्लव) नेकपा निकट अखिल(क्रान्तिकारी) कास्कीका एक नेतृलाई प्रहरीले पक्राउ गरेको छ ।
क्रान्तिकारी विद्यार्थी सङ्गठनका जिल्ला उपाध्यक्ष आस्था नेपालीलाई आज प्रहरीले पोखराको फूलबारीबाट पक्राउ गरेको हो ।
स्याङ्जा स्थायी ठेगाना भएकी विद्यार्थी नेतृ नेपाली हाल फूलबारीमा बस्दै आएकी थिईन् ।
प्रहरीले गत हप्ता सोही विद्यार्थी संगठनका पृथ्वीनारायण क्याम्पस ईकाइ अध्यक्ष प्रकाश बाँस्तोला र जिल्ला सदस्य उज्जवल पुनलाई पक्राउ गरेको थियो ।
कमेन्ट गर्नुहोस्
