पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा

Share:

पोखरा । ठगीको समाचार लेखेको आधारमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् ।

ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक गिरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चार दिनदेखि थुनामा राखेको थियो।

काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले गिरीलाई तारेखमा रिहा गर्न आदेश दिएको हो ।

प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले गिरी रिहा भएको उल्लेख गरेका छन्।

काउन्सिलले ताण्डव न्युज डटकम दर्ता नभएको जानकारी पोखराका व्यवसायी विपेन्द्रराज बतासलाई दिएपछि उनले साइवर अपराध अनुसार गिरीविरूद्ध मुद्दा दिएका थिए।

यो पनि पढ्नुहोस::

‘पत्रकारिता साइबर क्राइम होइन’: ठगीको पर्दाफास गर्दा पत्रकार गिरीलाई ‘साइबर क्राइम’

ठगीको समाचार लेख्ने पत्रकारलाई साइबर क्राईममा उजुरी ! पत्रकार गिरी पक्राउ

फलोअपः प्रेस काउन्सिलको त्रुटीले वेबसाइट दर्ता नभएको भन्दै उजुरी, गिरी पक्राउ पर्ने थिएनन्

पत्रकारलाई समर्थन गर्ने पहिलो दल ‘विवेकशील साझा’, भन्योः ‘पत्रकारलाई हतकडी लगाएर बन्दी ! यो कस्तो …

ठगीको समाचार लेख्ने पत्रकारलाई साइबर क्राईममा उजुरी ! पत्रकार गिरी पक्राउ

कमेन्ट गर्नुहोस्
Share: