गुरुङ ईतिहास बुझ्न सिक्लेस जानु : सांसद गुरुङ

Share:

सिक्लेस । गण्डकी प्रदेशका सांसद मन वहादुर गुरुङले कास्कीको पर्यटकिय गाउँ सिक्लेस गुरुङको मौलिक संस्कार, संस्कृति र परम्पराले ऐतिहासिक गाउँ भएको बताएका छन् ।

मादी १ रिसफ्लु सिक्लेसमा निर्माणाधीन चिली (सिक्लेस) क्होइवोको शिलान्यास गर्दै सांसद गुरुङले गुरुङहरुको पुरोहित पच्यु , ल्हौउरी सिक्न सिक्लेस जानुपर्ने भन्ने मन्यता आम गुरुङ समुदायमा रहेको भन्दै सिक्लेस क्होइवो निर्माणवाट यस बिश्वासलाई थप टेवा पुग्ने बिश्वास ब्यक्त गरे ।

सिक्लेसमा गुरुङको इतिहास खोज्दै गयो भने पाउने तर नदेखिने अवस्थामा रहेको बेला सिक्लेस क्होइबोवाट सिक्लेसको महत्व बढ्ने बताए ।  यसैबीच चिली क्होइवो निर्माणको लागि करिव ७० लाख संकलन भइसकेको छ ।

क्होइवो निर्माणको लागि सिक्लेस घर भई पोखरा लालीगुरासटोल निबासी नन्दराज गुरुङको परिवारले वावा र आमाको स्मृतिमा १० लाख २५ हजार, निर्माण समितिका प्रमुख एबम परिकल्पनाकार बल बहादुर गुरुङले १० लाख १० हजार ९ सय ५ रुपैया, तमु प्ये ल्हु संघका केन्द्रीय उपाध्यक्ष पम वहादुर गुरुङले आफ्ना बाबा आमाको स्मृतिमा नगद १० लाख १० हजार ८ सय ७० सहयोग गरेका छन् ।

आर्थिक संकलन समितिका कोषाध्यक्ष फिम वहादुर गुरुङका अनुसार नगद १ देखि १० हजारसम्म सहयोग गर्नेहरु ३४ जना, १० हजारदेखि १५ हजारसम्मा सहयोग गर्नेहरु २० जना, १५ हजारदेखि २५ हजारसम्मा सहयोग गर्नेहरु ११ जना, २५ हजारदेखि ५० हजारसम्मा सहयोग गर्नेहरु ७ जना, ५० हजारदेखि १ लाखसम्मा सहयोग गर्नेहरु ८ जना र १ लाख भन्दा बढि सहयोग गर्नेहरु २८ जना भएका छन् ।

क्होइवो करिब १ करोड ३० लाखको लागतमा निर्माण हुने निर्माण समितिका प्रमुख बल बहादुर गुरुङले जानकारी दिए।

तमु प्ये ल्हु संघ क्होइवो निर्माण समिति सिक्लेसका अध्यक्ष सुरज कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय उपाध्यक्ष पम बहादुर गुरुङ , मानवशास्त्री पोल वहादुर गुरुङ र निर्माण समितिका उपाध्यक्ष इच्छा वहादुर गुरुङ लगायतले बोलेका थिए ।

-देबीजग तमु 

कमेन्ट गर्नुहोस्
Share: