पोखरा विश्वविद्यालयका ११ विद्यार्थी पक्राउ

Share:

पोखरा। पोखरा विश्वविद्यालयका ११ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। आजबाट सुरु भएको परीक्षामा जाने विद्यार्थीहरूलाई अवरोध पुर्‍याउने विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पोखरा विश्वविद्यालय अन्तर्गतका ४२ वटा क्याम्पसमा डी प्लस ल्याएका विद्यार्थीलाई रजिस्ट्रेसन गरी परीक्षामा सहभागी गराउन नहुने भन्दै विद्यार्थी आन्दोलित छन्। सर्वोच्चले अदालतले विद्यार्थीलाई परीक्षाबाट बञ्चित गर्न नहुने आदेश गरेको थियो ।

कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङका अनुसार परीक्षा दिन जानेहरुलाई बाटोबाटै रोक्न खोज्नेहरुलाई नियन्त्रणमा लिइएको हो।

कमेन्ट गर्नुहोस्
Share: